खेलकुद

रियल म्यार्डिलले बनायो विश्व फुटबल जगतमा नयाँ रेकर्ड

एजेन्सी । सबैभन्दा धेरै पटक प्रतियोगिता जितेको रियल म्यार्डिडले शनिबार राती कार्डिफमा भएको फाइनलमा युभेन्टसलाई ४–१ गोल अन्तरले हराउँदै एतिहासि रेकर्ड कायम गरेको छ ।

म्यार्डिड प्रतियोगिताको दुई दशक बढीको इतिहासमा लगातार दुईपटक उपाधि जित्ने पहिलो टोलीसमेत बनेको छ । योसँगै रियलले फुटबल इतिहासमा नयाँ अध्याय रचेको अन्तर्राट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

रियल डिफेन्डिङ च्याम्पियन भएपनि शनिबारको खेलअघि धेरै फुटबल पण्डितहरुले युभेन्टसले प्रतियोगिता जित्ने अनुमान गरेका थिए । तर त्यसको विपरित म्यार्डिडले इतिहास रचेपछि अहिले विश्वभर उसको चर्चा चुलिएको छ ।