खेलकुद

नोभाक जोकोविच फ्रेन्च ओपन टेनिसको चौथो चरणमा प्रवेश

एजेन्सी । नोभाक जोकोविच फ्रेन्च ओपन टेनिसको चौथो चरणमा प्रवेश गरेका छन् । तेस्रो चरणमा बिना बरियताका अर्जेन्टिनाइनी डिएगो श्वार्ट्ज्म्यानलाई हराउँदै जोकोविचले चौथो चरणमा स्थान बनाएका हुन् ।

दोस्रो बरियताका सर्बियाली जोकोविचले जितका लागि भने निकै संघर्ष गर्नुपर्यो । साबिक विजेता जाकोविचले श्वार्टज्म्यानलाई ५–७, ६–३, ३–६, ६–१ र ६–१ को सेटमा हराएका हुन् ।

चौथो चरणमा जोकोविचले स्पेनका अल्बर्ट रामोस–विनोलनसँग प्रतिस्पर्धा गर्ने छन् । उनले फ्रान्सका लुकास पोयुलेलाई हराएर चौथो चरणमा स्थान बनाएका हुन् ।