पु.समाचार

कांग्रेस नेता पौडेलले सभापति देउवासँग अन्तिममा आएर राखे यस्तो प्रस्ताव !

काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि प्रधानमन्त्रीका लागि आफ्नो ईच्छा प्रकट गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवालाई तीनरतीन पटक प्रधानमन्त्री भइसकेको भन्दै ‘दिल ठूलो’ बनाए हुन्थ्यो भनी उनले पार्टीको बैठकमा अनौपचारिक तवरमा आफ्नो ईच्छा प्रकट गरेका हुन् ।

शनिबारको कान्तिपुरमा लेखिएको छ, दोस्रो चरणको स्थानीय तहको उम्मेदवार चयनका लागि पार्टी केन्द्रीय कार्यलयमा बसेको बैठकमा पौडेलले ईच्छा प्रकट गरेपछि देउवाले उनीसँग छुट्टै दश मिनेटजति गोप्य छलफल गरेको स्रोतले बतायो ।