समाचार

राजधानीमा दिउँसै लुटपाट

काठमाडौं । राजधानीको म्हेपीस्थित व्यस्त सडकबाट ३२ लाख रुपैयाँ लुटिएको छ । महारजगन्जस्थित एक बैंकबाट ३२ लाख रुपैयाँ लिएर हिँडेका जग्गा कारोबारी रोशन बोगटीको साथबाट रकम लुटिएको प्रहरीले जनाएको छ ।

शनिबारको कान्तिपुरमा लेखिएको छ, बोगटी उक्त रकम लिएर गोंगबुको एक होटलमा जाँदै थिए । कारोबार गर्ने चिनेजानेकै साथीले रकम लुटेको हुनसक्ने प्रहरीको आशंका छ ।