राजनीति

यस्तो छ शनिबारको प्रधानमन्त्रीमा नाम दर्ता गर्ने संसद सचिवालयको कार्यतालिका

काठमाण्डौ । भरतपुर महानगरपालिकाको मतगणना सुचारु गर्ने माग राखेर संसद अबरुद्ध गरेको प्रमुख प्रतिपक्षी दल एमालेको अबरोधको बाटो छिचोल्दै संसद सचिवालयले प्रधानमन्त्री निर्बाचनको कार्यतालिका बनाएको छ ।

सूचना टाँस गरेर बनाईएको कार्यतालिका अनुसार शुनिबार प्रधानमन्त्रीको लागी नाम दर्ता ११ बजेबाट ४ बजेसम्म हुने छ । प्रधानमन्त्रीको लागी निर्बाचन भने आईतबार ११ बजे हुने बताईएको छ । एमालेले प्रधानमन्त्री निर्बाचन समेत संसदबाट हुनुपर्ने माग समेत गरेको थिायो ।

राष्ट्रपति बिद्योदवी भण्डारीले सहमतीय प्रधानमन्त्तीको लागी दिएको एक हप्ताको समयसीमा सकिएको केहिदिन भएपनि एमालेको संसद अबरोधका कारण निर्बाचन हुन सकेको थिएन । सहमतीय प्रधानमनत्रीका लागी दलहरुबीच शुक्रबार अपरान्हसम्म प्रयास भएपनि उक्त प्रयास सफल हुन सकेन । त्यसपछि बहुमतीयमा जानुपर्ने संबैधानिक बाध्यता देखिएर संसद सचिवालयले आफ्नो दैनिक संबैधानिक बाटो खोजेको हो ।

प्रधानमन्त्रीमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र एमाले उपाध्यक्ष बामदेब गौतमले प्रधानमन्त्तीका लागी नाम दर्ता गराउने सम्भाबना छ ।