विशेष

आलिसान रिमोट कन्ट्रोलबाट चल्ने महलमा बस्ने सहसचिब चुडामणी शर्मालाई अख्तियारले हिरासतमा लिनु प्रशंसनीय कदम

काठमाण्डौ । काठमाण्डौमा रिमोटवाला आलिसान महलमा बस्ने काठमाण्डौ लगायतका बिभिन्न ठाँउमा सिडिओ हुँदै सम्पति शुद्धिकरण र केहि बर्षदेखि आन्तरिक राजश्व बिभागमा महानिर्देशकको रुपमा कार्यरत रहदै आएका सहसचिब चुंडामणी शर्मालाई अख्तियार दुरुपयोग अनुसंधान आयोगले पक्राउ गरेको छ ।

शुक्रबार दिउसो आन्तिरिक राजश्व बिभागको आफ्नै कार्यालयमा बरिसरहेका बेला सोधपुघका लागी भन्दै शर्मालाई पक्राउ गरिएको अख्तियार स्रोतले बताएको छ । अख्तियार दुरुपयोग अनुसंधान आयोगमा दीप बस्न्यात प्रमुख आयुक्त भएपछि पहिलोपटक भ्रष्ट ब्यक्तीलाई पक्राउ गरेर राम्रो काम गरेको भनी फेसबुक लगायतका सामाजिक संजालमा सामान्य जनताले दीप बस्न्यातको वाहवाही गर्न थालेका छन् ।

सधैं पावरको मात्र पछि कुदेर ब्यावशायीसंग मिलेमतो गरी नारायणथानमा आलिसान रिमोटवाला घरमा आसीन भएका शर्माले न्यायधीश, अख्तियारका बरिष्ठ ब्यक्तीहरुलाई प्रभाबमा पार्न खोजेपनि कानुनले उनलाई अन्ततः छाडेन । सम्पती शुद्धिकरणमा प्रमुख हुंदा शर्माका बिरुद्ध मुद्धा लागेपनि लोकमानसिंह कार्की प्रमख भएका बेला उनलाई प्रभाबमा पारि बचेर कारबाही हुनपर्ने मान्छे बढुवा भई आन्तरिक राजश्व बिभागमा सरुवा भएका थिए ।
सुनसरीको सिडिओ हुंदा पनि शर्मा कम बिबादमा थिएनन् । उनको बिबाद अब न कुनै राजनीतिक दलका नेताहरुले बचाउछन् न त कुनै शक्तीशाली ब्यक्तीले, शर्मा कानुनी कारबाहीका लागी शुक्रबार दिउसो अख्तियारको फन्दामा परिसकेका छन् । २० अर्ब भन्दा बढी राजश्व लेनदेनको आशंकामा छुट दिएकोमा पनि उनी बिबादमा थिए ।