राजनीति

यस्ता छन् सुनसरी कांग्रेसमा स्थानीय सरकार हाँक्न इच्छा राख्ने उम्मेद्वारहरु !

ईटहरी । बिराटनगर महानगरपालिकापछि प्रदेश नम्बर १ को महत्वपूर्ण राजनितक क्षेत्र पर्ने सुनसरीमा नेपाली काँग्रेस र एमालेले आफ्ना उमेर्द्वारहरु टुंग्याउने क्रम जारी छ । आफ्ना उमेर्द्वारहरुको टुंगो लगाउने रणनीतिमा लागेको नेपाली काँग्रेसले दुई महानगरपालिका, चार नगरपालिका र ८ गाँउपािलकामा उमेर्द्वारलाई दोस्रो चरणको निर्बाचनको मैदानमा सामेल गराउदै छ ।

काँग्रेसले धरानमा नगर सभापति किशोर राईलाई समापतिको उमेर्द्वार बनाउने सम्भावना छ, तिलक राई, संदीप श्रेष्ठ लगायतका अन्य उमेरद्वारहरुले दाबी गरिरहेका भएपनि ०५४ सालमा समेत वडाध्यक्षमा जित हासिल गरेका किशोर राईलाई टिकट दिने सम्भावना बलियो रहेको छ ।

किशोर खेलकुदमा पनि माथिल्लो स्तरसम्म पुगेका र पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवा पक्षधर मानिन्छन् । त्यस्तै, धरान उपमहानरपालिकामा मेयरमा मनिता घिमिरेको नाम पनि चर्चामा छ । उनले केही दिन अगाडी उम्मेद्वारी घोषणा गरेकी थिइन् ।

ईटहरीमा कार्यकर्ता लेवलसम्म राम्रो पकड बनाएका हेमकर्ण पौडेललाई काँग्रेसले टिकट दिने सम्भावना उत्तिक्कै छ । दुई कार्यकालसम्म काँग्रेसको नगर सभापति भएका पौडेल बर्तमान अवस्थामा पनि पार्टीको नगरसभापतिनै छन् । पार्टी सभापति राजिव कोईरालासँग निकट सम्बन्ध भएर गत काँग्रेस अधिवेशनमा नगर सभापतिमा निर्बाचित भएका पौडेल शशांक कोइराला समूहसँग निकट सम्बन्ध राख्छन् । अरु धेरै युवाहरु नगर सभापतिको लागी निर्बाचन लडने तयारीमा रहेपनि काँग्रेसले पौडेललाई नै दिने अन्तिम तयारी गरेको छ ।

सुनसरीको सदरमुकाम समेत पर्ने ईनरुवा नगरपालिकामा नेपाली काँग्रेस सुनसरीका सचिव केदार भण्डारी, महासमिति सदस्य ईन्द्र पोख्रेल, राजन मेहता, रामप्रसाद मेहता लगायतको नाम चर्चामा आइरहेको छ । पोखरेल देउवा पक्षबाट आफुले टिक पाउनुपर्ने दावी गर्छन् भने राजन मेहता इनरुवा नगरपालिकाको दुई कार्यकालदेखि नगर सभापति समेत भएको र उक्त क्षेत्रमा आफ्नो जनमत भएका कारण टिकट पाउनुपर्ने दाबी गर्छन् ।

राजन मेहता भौतिक योजना तथा निर्माण राज्यमन्त्री सिताराम मेहता र पार्टी सभापति राजिव कोइरालासँग निकट मान्निछन् । इन्द्र पोख्रेल महासमिति सदस्य चार पटकदेखि भएको र उक्त क्षेत्रका जनताले आफुलाई रुचाएकोले आफुले टिकट पाउनुपर्ने दाबी गर्छन् । अर्का प्रत्यासी केदार भण्डारी पार्टीको जिल्ला सचिव समेत रहेका र स्थानीय क्षेत्रमा लोकप्रिय रहेकाले सबै जातजाती, भाषा र धर्म मान्नेहरु आफ्नो पक्षमा भएकोले आफुले टिकट पाउँदा कांग्रेसले जित्ने तर्क गर्छन् । सुनसरीको दक्षिणी भेगमा मधेषी समुदायको बाहुल्यता बढी रहेको हुँदा दक्षिणी भेगमा उक्त समुदायलाई काँग्रेसले आफना प्रत्यासी नबनाए एमालेले हत्याउने अनुमानका साथ काँग्रेसले मेहतालाई उमेर्द्वार बनाउने स्रोतको दाबी छ ।

त्यस्तै, इटहरी उपमहानगरपालिकामा कांग्रेस नेता हेमकर्ण पौडेल र रोहित प्रसाईको नाम अगाडी आएको छ । पौडेल हालका नगरसभापति हुन् भने प्रसाई नेविसंघका पूर्व जिल्ला सभापति हुन् । उनी उद्योग वाणिज्य संघका पूर्व केन्द्रीय सदस्य समेत हुन् । त्यस्तै वराह नगरपालिकाबाट बाबुराम विष्ट, सुरेन्द्र गुप्ता, राजदिप लामा लगायतको नाम अगाडी आएको छ । बाबुराम विष्ट नेपाली कांग्रेसका पूर्व क्षेत्रीय सभापति हुन् भने हाल उनी कांग्रेस महासमिति सदस्यका रुपमा जिम्मेवारीमा रहेका छन् ।

त्यस्तै गुप्ता स्वास्थ्य क्षेत्रमा लामो समयदेखि काम गरेका पूराना स्थानीय कार्यकर्ता हुन् भने लामा दुई कार्यकालदेखिनै नेपाली कांग्रेसका जिल्ला सदस्य भएर जिल्लामा आफ्नो प्रतिष्ठा कमाइसकेका व्यक्ति हुन् । त्यस्तै रामधुनी नगरपालिकामा उपेन्द्र कट्वाल, जयप्रकाश चौधरी र सुदिप अधिकारीको नाम अगाडी आएको छ । कट्वाल पार्टीका क्षेत्रीय सभापति हुन् भने चौधरी त्यहाँका पुराना नेता हुन् । अधिकारी स्थानीय स्तरमा खटेका पार्टीका नगरसभापति हुन् । उता,दुहवी नगरपालिकामा गौरिशंकर रौनियार र महम्द अब्दुलको नाम अगाडी आएको छ । यो नगरपालिका फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारको निर्वाचन क्षेत्र समेत हो । यहाँ कांग्रेस र फोरम लोकतान्त्रिकको प्रतिस्पर्धा देखिने भएको छ ।

सुनसरीका उपमहानगर र नगरपालिका बाहेक गाउँपालिकामा उठ्ने उम्मेद्वारहरु

गाउँपालिका                                                                 उम्मेद्वारहरुको नाम
हरिनगरा                                                          गफार अन्सारी, हेमनारायण मेहता
देवांगन                                                           लाली मेहता, वद्री यादव, अशोक मेहता
ब्रजु                                                                   युवराज सापकोटा, इस्रायल अन्सारी
गढी                                                                विन्देश्वर यादव, श्रीप्रसाद यादव, वीरेन्द्र साह
कोशी                                                                    अयुव अन्सारी, ब्रहम्हेदेव यादव
भोक्राहा                                                         डा.इस्रायल अन्सारी, राम प्र.यादव, अजमल

                                                                              अन्सारी मोलिन मिया