खेलकुद

फिफा वरियतामा नेपालले राख्यो इज्जत

काठमाण्डौ । विश्व फुटबल जगतको प्रतिस्पर्धामा नेपालले चार स्थानमा सुधार गरेको छ । फिफाले बिहीबार सार्वजसनक गरेको वरियताअनुसार नेपाल ४ स्थानमा सुधार गर्दै १ सय ६९ स्थानमा उक्लिएको हो ।

दक्षिण एसियाली राष्ट्रहरुमा नेपालभन्दा माथि रहेको भुटान २ स्थान तल झर्दै १ सय ६६ र्औ स्थानमा पुगेको जनाइएको छ । त्यस्तै दक्षिण एसियाकै अफगानिस्तान र माल्दिभ्स क्रमसः १ सय ५८ औं स्थान र १ सय ५६ औ स्थानमा रहेको जनाइएको छ ।

नेपालभन्दा तल रहेको बंगलादेशले एक स्थान सुधार गर्दै १ सय ९२ औं र श्रीलंका १ सय ९७ औं स्थानमा रहेको जनाइएको छ ।  फिफाको रिपोर्टअनुसार यसबेला ब्राजिल प्रथम, अर्जेन्टिना दोश्रो, जर्मनी तेश्रो र चिली चौथौ स्थानमा रहेका छन् ।