अन्तर्राष्ट्रिय

अफगानिस्तानको काबुलमा शक्तिशाली विष्फोट, ८० जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलस्थित कूटनीतिक नियोगहरु रहेको क्षेत्रमा एउटा आत्मघाती कार बम विस्फोट गराइँदा कम्तिमा ८० मानिस मारिएका र ३५० भन्दा बढी घाइते भएको बताइएको छ।

बिहानको व्यस्त समयमा जर्मन दूतावास नजिकै विस्फोट गराइएको थियो। विष्फोटलगत्तै काबुलको आकाशमा ठूलो मात्रा धुवाँको मुस्लो देखिएको थियो। सयौं मिटर टाढाका घरहरुमा पनि विस्फोटका कारण क्षति पुगेको छ।

झ्यालका सिसाहरु फुटेको र ढोकाहरु उछिट्टएको बताइएको छ। हमलाको अहिलेसम्म कुनै पनि समूहले जिम्मेवारी लिएको छैन।