आर्थिक

एनसेलले यसरीे शुरु गर्यो काठमाण्डौ र नगरकोट लगायतका स्थानबाट फोरजी

काठमाडौं । एनसेलका ग्राहकले अब बहुप्रतिक्षित चौथो पुस्ताको मोवाइल सेवाफोरजी/लङ्ग टर्म इभोलुसन (एलटिई) सेवाको मजा लिन सक्नेछन् । देशकै अग्रणी जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले नवीन प्रविधिहरु भित्राउदै विश्वस्तरीय सेवा तथा ग्राहक अनुभव प्रदान गर्ने आफ्नो प्रतिवद्धता बमोजिम आफ्ना ग्राहकलाई उच्चगतिको मोबाइल ब्रोडब्याण्ड सेवामा पहुँच पु¥याउन फोरजी सेवा सुचारु गरेको गरेको जनाएको छ ।

फोरजी सेवा चल्ने नयाँ सिमकार्ड लिएका तथा फोरजी चल्ने मोवाइल भएका सबै एनसेल ग्राहकले बिहीबारबाट काठमाडौं उपत्यका लगायत नगरकोट, बनेपा र धुलिखेलमा फोरजी सेवाको लाभलिन सक्नेछन् । प्रविधि तटस्थताको अनुमति अन्तर्गत कम्पनीले आफ्ना ग्राहकलाई यो सेवा उपलब्ध गराएको होे, जसले बहुप्रतिक्षित उच्चस्तरिय डेटा सेवामा ग्राहकको पहुँच सुनिश्चित गर्ने एलसेलको लक्ष छ ।

“हामी प्रविधि तटस्थताले देश र जनतामा ल्याउने वृहत सकारात्मक प्रभावका बारेमा सोचेर उत्साहित छौं । यसले हामीलाई डिजिटल नेपालको निर्माणको यात्रामा अघि बढाएको छ । हामीमा विश्वास गर्नेसबै प्रति हामी आभारी छौं । प्रविधि तटस्थताकाको उच्चतम सदुपयोग गर्दै डिजिटल नेपालको राष्ट्रिय लक्ष्य हासिल गर्नका लागि योगदान पु¥याउन हामी कटिबद्ध छौं,” एनसेलका प्रबन्धनिर्देशक साइमन पर्किन्स्ले भने ।

यसै प्रतिबद्धता बमोजिम एनसेलले आगामी सात महिना सम्ममा कुलजनसंख्याको १५ प्रतिशतमा फोरजी पु¥याउने लक्ष्य लिएको छ । यसका लागि कम्पनीले देशका विभिन्न ४० शहरहरुमा फोरजी सेवा सुचारु गर्ने योजना सहित नेटवर्क परीक्षण गरीरहेको छ ।

फोरजी÷एलटिई प्रविधि अन्र्तगत फ्रिक्वेन्सीको प्रभावकारीतामा सुधार भई उच्च गतिको इन्टरनेट सेवा उपलब्ध हुने भएकाले ग्राहकले आफ्नो मोबाइल डिभाइसमा अझ धेरै र राम्रा एप्लिकेसनहरु प्रयोग गर्न, तत्काल महत्पपूर्ण ठूला फाइलहरु आदान–प्रदानगर्न, उच्च गुणस्तरका भिडियो सामाग्रीहरु सजिलै हेर्न लगायतका कामहरु गर्न सक्नेछन् । फोरजी सेवाको लाभ लिनका लागि ग्राहकले आफूले प्रयोग गरीरहेको सिमलाई नजिकैको एनसेल सेन्टरमागई फोरजी चल्ने सिमसँग निःशुल्क साट्न सक्छन् । नयाँ ग्राहकले फोरजी सिमनै प्राप्त गर्नेछन् ।

नयाँ प्रविधिमा आधारित सेवा संचालनमा ल्याएको अवसरमा बिहीबार एनसेलको फोरजी सेवा प्रयोग गर्ने ग्राहकलाई ३ दिन समयावधि रहेको १ जिबी डेटा भोल्युम निःशुल्क प्रदान गर्ने जनाएको छ । साथै असार १६ गते सम्मफोरजी सेवालिने ग्राहकले भर्खरै सार्वजनिक भएको योण्डर म्युजिक एपमा फोरजी सेवालिएको ३० दिन सम्म निःशुल्क अनलाईन गीत सुन्न सक्नेछन् । यस बाहेक कम्पनीले चाँडै नै डिभाइस सर्भिस बण्डलिङ्गमा आकर्षक अफर तथा निःशुल्क रुपमा अनलिमिटेड फिल्ममा पहुँच हुने जस्ता रोचक योजनाहरु ल्याउने छ ।
फोरजी प्रविधिले ग्राहकलाई अझ उच्चगतिको मोबाइल डेटामा पहुँचको सुनिश्चितता गर्नुका साथै नयाँ व्यवसायीक अवसरहरुको सिर्जना गर्दै लोकल कन्टेन्टको विकास तथा प्रयोगलाई पनि बढाउनेछ ।

जुनमर्म र उदेश्यका साथ प्रविधि तटस्थता प्रदान गरिएको छ त्यसको उच्च सम्मान गर्दै, कम्पनीले सन् २०१७ भित्र कुल जनसंख्याको १५प्रतिशत नागरिकमा फोरजीको पहुँच सुनिश्चित गरी ग्राहकले त्यसको प्रत्यक्ष लाभ लिन सक्ने गरी तदारुकताका साथ एलटिई सेवाविस्तार गर्ने लक्ष्य लिएको छ । “देशका विभिन्न भागमा क्रमशः एलटिई उपलब्ध गराउदै राष्ट्रिय ब्रोडब्याण्ड नीतिले लिएका लक्ष्यहरु हासिल गर्नका लागि योगदान पु¥याउन हामी प्रतिबद्ध छौं,” पर्किन्स्ले भने ।

ब्रोडब्याण्ड नीतिले सन् २०१८ भित्र देशको ४५ प्रतिशत घरधुरीमा र सन् २०२० भित्रमा देशका सबै गाउँविकास समितिहरुमा ब्रोडव्याण्ड सेवा पुर्याउने लक्ष्य राखेको छ । हाल एनसेलले १ करोड ५० लाखभन्दा बढि ग्राहकलाई गुणस्तरीय मोबाइल सेवा र ६० लाखभन्दा बढि ग्राहकलाई डेटा सेवा प्रदान गर्दै आएको छ । एनसेलले सन् २०१० देखि नै फोरजी/एलटिई संचालनका लागि फ्रिक्वेन्सी प्रदानगर्न अनुरोध गर्दै आएको थियो ।