राजनीति

निर्बाचन आयोगले मतगणना सुचारु गर्न यस्तो दियो ठाडो निर्देशन

काठमाण्डौ । भरतपुर महानगरपालिकामा च्यातिएको मतपत्र रद्द गरि मतगणना गर्न निर्बाचन आयोगले निर्देशन दिएको छ । केहिदिनअघि माओबादी कार्यकर्ताले मतपत्र च्यातेको भन्दै निर्बाचन अधिकृतले मतगणना अनिश्चित कालका लागी रोकेको थिए ।

बिहीबार नेकपा एमाले चितवनले जिल्ला बन्दको आह्वान गरेपछि निर्बाचन आयोगले च्यातिएको मतपत्रलाई रद्द गरि मतगाणना सुचारु गर्न निर्देशन दिएको हो । दोस्रो चरणको निर्बाचनको लागी कार्यतालिका बनाईसकेको निर्बाचन आयोगका लागी पहिलो चरणको निर्बाचनका सबै तहमा मतगणना गरिसकेपनि भरतपुर महानगरपालिकामा भने उक्त मतगणनाको परिणाम आउने अन्तिम समयमा माओबादी कार्यकर्ताले मतपत्र च्यातेपछि रोकिएको थियो ।

माओबादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुत्री रेणु दाहालले हार्न लागेको आक्रोसमा सुनियोजित षढ्यन्त्रबाट मतपत्र च्यातिएको आरोप एमालेले लगाएको छ भने माओबादी केन्द्रले एमालेले उक्त मतपत्र च्यातेको आरोप लगाएको छ । काँग्रेस भने मेयर उमेर्द्वारमा प्रतिश्पिर्धी नरहेकोले यस बिषयमा चासो नराखेको देखिन्छ ।

 निर्बाचन आयोगको भरतपुरमा मतगणना गर्न दिएको निर्देशन:-