पु.समाचार

अन्ततः असार १४ गतेका लागी पुनः दोस्रो चरणको निर्बाचन सर्यो

काठमाण्डौ । सरकारले जेठ ३१ गते सम्पन्न् गर्ने भनिएको दोस्रो चरणको निर्बाचन असार १४ गतेलाई सार्ने निर्णय गरेको छ । असार ९ गते मुस्लिम समुदायको महत्वपूर्ण पर्व भएकोले उक्त निर्बाचन असार १४ गतेलाई सारिएको बुधबार प्रधानमन्त्री निवाुस वालुवाटारमा बसेको मन्त्रीपरिसद बैठकमा निर्णय गरिएको हो ।

पहिलो चरणको निर्बाचन बैसाख ३१ मा सम्पन्न भएपछि दुईदिन अगाडीमात्र जेठ ३१ को निर्बाचनलाई असार ९ गते गर्ने सरकारको निर्णय पुनः असार १४ मा सारिएको हो ।

मंगलबारमात्र मुूिलम धर्मका अगुवाहरुले उक्त दिन आफूहरु निर्बाचनमा भाग लिन नसक्ने भनेर प्रधानमनत्री दाहाललाई ध्यानाकर्षण गराएपछि सरकार निर्बाचन सार्न बाध्य भएको हो ।

सरकारले दास्रो चरणको निर्बाचन अन्तर्गत प्रदेश नम्बर १, २, ५ र ७ मा स्थानीय तहको निर्बाचन गर्दैछ ।