पु.समाचार

भरतपुरमा मतपत्र च्यातिएपछि दलका आ–आफ्नै माग

भरतपुर । मतगणना स्थगित गरेका मुख्य निर्वाचन अधिकृत निर्वाचन आयोगले दिने निर्देशन कुरेर बसेका छन् । चितवनका दलहरुले मतगणना सुरु गर्न र वडा नम्बर १९ मा पुनस् निर्वाचन गराउन माग गर्न थालिसकेका छन् ।  एमालेले पून निर्वाचनलाई नमान्ने र तत्काल मतगणना सुरु गर्न माग गरेको छ ।

मंगलबारको नागरिकमा लेखिएको छ, माओवादी र कांग्रेसले निर्वाचन ऐनको धारा उपधारा उल्लेख गर्दै वडा नम्बर १९ मा तत्काल पुन: निर्वाचन गर्न माग गरेका छन् ।