राजनीति

काठमाण्डौ महानगरमा माओवादी केन्द्रको जमानत जफत

काठमाडौं । काठमाण्डौ महानगरपालिकामा माओवादी केन्द्रका मेयर र उपमेयर उम्मेदवारको जमानत जफत भएको छ । मेयरका उम्मेदवार सर्वोत्तम डंगोल र उपमेयरकी उम्मेदवार सुशीला पौडेल दुबैको जमानत जफत भएको छ ।

मंगलबारको नागरिकमा लेखिएको छ, डंगोलले ७ हजार ९ सय ६ मत ल्याएका थिए । पौडेलले १० हजार ४ सय ४८ मत ल्याएकी थिइन् । नियमअनुसार निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको घरौटी जफत हुने प्रावधान छ ।