पु.समाचार

दशौं गणतन्त्र दिवस धुमधामका साथ मनाइँदै

काठमाण्डौ । सोमबार दशौं गणतन्त्र दिवस मुलुकभर धुमधामका साथ मनाइँदैछ । जनआन्दोलन २०६२/०६३ को जगमा स्थापित गणतन्त्र घोषणा भएको दिनको स्मरण गर्दै हरेक जेठ १५ गते यो दिवस मनाइने गरिन्छ ।

वि सं. २०६५ जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गरेको थियो । २०७२ साल असोज ३ गते नयाँ संविधान जारी भएसँगै यसको विधिवत कार्यान्वयनको प्रक्रिया सुरु भएको छ ।