राजनीति

भरतपुरमा मतपत्र च्यातिनु माओबादीको गलत कार्य, हार स्विकार्न नसक्ने परम्परागत शैली

काठमाण्डौ । देशभर २८३ वटा स्थानीय तहको मतगणना सार्बजनिक हुंदैगर्दा मतगणनाको नतिजा अन्तिम चरणमारहेकोबेला माओबादीले भरतपुरमा मतपत्र च्यातेको छ । वडा नम्बर १९ को मतपरिणाम आउदैगर्दा माओबादीका तर्फबाट उमेर्द्वार बनेकी रेणु दाहालको अग्रतामा कमी आएका कारण एमालेका देवी ज्ञवालीको अग्रता कायम नै रह्यो ।

त्यही समयमा निर्बाचन अधिकृत पिसाप फेर्न गए र माओबादीका तर्फबाट मतगणनामा बसेका एक ब्यक्तीले मतपत्र च्याते । मतपत्र च्यातेपछि प्रहरीले हवाईफायर गर्यो, स्थीत नियन्त्रणभन्दा बाहिर जाने अनुमानले मतगणना तत्तकालका लागी स्थगीत गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले जित्नु र हानु भन्दापनि मतदान हुनु ठूलो कुरा हो भनेका थिए । उनैका प्रतिनिधिले मतपत्र च्यातेका छन् । मतपत्र च्यातेकोमा सर्बत्र बिरोधहरु भईरहेका छन् । मतदान अधिकृतले छानबिन समिति बनाएर अगाडी बढ्ने बताएका छन् ।

माओबादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहाल पुत्रीको आदेशमा मतपत्र चयतीएको भन्ने समाचार आईरहेको छ, यो सहि र गलत छानबिन समितिले पत्ता लगाउला तर मतपत्र च्यात्नु माओबादीको हार स्विकार नगर्ने परम्परागत शैली भएको बिश्लेशकहरुले बताउन थालेका छन् ।