खेलकुद

सोमबारदेखि अन्तर कलेज तथा विद्यालय टेबलटेनिस प्रतियोगिता सुरु हुँदै

काठमाण्डौ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) को आयोजनामा प्रथम सान उपत्यकाव्यापी अन्तर कलेज तथा विद्यालय टेबलटेनिस प्रतियोगिता सुरु हुने भएको छ । सोमबारदेखि सो प्रतियोगिता सुरु हुन लागेको हो ।

सो प्रतियोगितामा कलेजतर्फका ५ र विद्यालयतर्फका १० जना गरी १५ जनाको प्रतिस्पर्धा हुने सानकी खेल विज्ञ एवं प्रतियोगिता संयोजक रिता प्रजापतिले जनाएकी छन् । प्रतियोगितामा २ सय ५० खेलाडीको सहभागिता रहने बताइएको छ ।

प्रतियोगिता सञ्चालन गर्न करिब १ लाख ५० हजार खर्च हुनेछ । तीनदिने प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको लुम्बिनी हलमा सम्पन्न हुने जनाइएको छ ।