अन्तर्राष्ट्रिय

उत्तरकोरियाद्वारा फेरि अर्को क्षेप्यास्त्र प्रक्षेपण

एजेन्सी । पूर्वी तटीय क्षेत्रबाट उत्तर कोरियाले फेरि एकपटक स्कड प्रकारको एउटा रणनीतिक क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाका सैन्य अधिकारीहरुले बताएका छन् ।

उनीहरुका अनुसार झण्डै ४५० किलोमिटरसम्मको यात्रा पूरा गरी उक्त क्षेप्यास्त्र सी अफ जापानमा अवतरण गरेको थियो । उत्तर कोरियाले यस वर्षभित्र प्रक्षेपण गरेको यो ९ औं क्षेप्यास्त्र भएको बताइएको छ।

पछिल्लो क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरियाका राष्ट्रपति मून जेइनले राष्ट्रिय सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाएका छन्।