पु.समाचार

काठमाण्डौ–मधेस जोड्ने द्रुतमार्गको काम सुरु

काठमाडौं । गृहकार्य थालेको झण्डै एक दशकमा देशकै रणनीतिक महत्वको काठमाडौं मधेस जोड्ने द्रुर्तमार्ग (फास्ट ट्रयाक) निर्माण सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार निजगढमा द्रुतमार्ग शिलान्यास गरेका हुन् ।

सोमबारको कान्तिपुरमा लेखिएको छ, कसले, कुन मोडलमा बनाउने भन्ने लामो खिचातानीपछि सरकारले गत बैशाख २१ मा रणनीतिक महत्वको ७६ किलोमिटर सडक निमार्णको ब्यवस्थापकीय जिम्मेवारी नेपाली सेनालाई दिएको थियो ।