राजनीति

दोस्रो चरणको निर्बाचन असार १० गतेभित्र सम्पन्न गर्नेगरि सार्ने यस्तो छ तयारी

काठमाण्डौ । मुख्य दलहरुसंगको छलफलपश्चात सरकारले दास्रोचरणको निर्बाचन १० दिनकालागी सार्ने तयारी गरेको छ । आईतबार भएको मधेशबादी दलहरुसंगको नेपाली काँग्रेस, माओबादी केन्द्र र संयुक्त छलफलबाट राष्ट्रिय जनता दल निर्बाचनमा आउने पक्का भएमा निर्बाचनको मिति सार्न सकिने सरकारले निश्कर्ष निकालेको हो ।

निर्बाचन केहिदिन सारेर भएपनि कुनै हालतमा गर्नुपर्ने अडानमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले समेत देखिएको छ । निर्बाचनचिन्हका लागी निर्बाचन निर्देशीका समेत परिवर्तन गर्ने योजनामा लविगं गर्न पछि नपर्ने उपप्रधान एबम् गृहमन्त्री बिमलेन्द्र निधिले बताए ।

काँग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री दाहाल महन्थ ठाकुरको गठबन्धन निर्बाचनमा भाग लिने अवस्था आएमा केहिदिनलाई निर्बाचन सार्न पछि पर्नुनहुने बताईरहेका छन् । एमालेले समेत सत्तारुढ दलहरुलाई निर्बाचन गर्न केहिदिनपछि धकेलेर भएपनि पछिनपर्नुपर्ने शर्तमा सहयोग गर्ने आश्वाशन दिएको अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।

यसबाट दास्रो चरणको निर्बाचन केहि दिन पछि धकेलिन सक्ने संकेत पाउन सहिन्छ ।