पु.समाचार

माहामानब वीपी कोईराला नेपालको सबैभन्दा ठूलो पद्वीबाट सम्मानित

काठमाण्डौ । माहामानब एबम् नेपालका प्रथम निर्बाचित प्रधानमन्त्री वीपी कोईरालालाई सरकारले मुलुकको सबैभन्दा सम्मानीत पद्वी मराणोपरान्त नेपाल रत्न मानपद्वी बाट सम्मान गर्ने निर्णय गरेको छ ।

जननेता स्व.मदन भण्डारीलाई अघिल्लो बर्ष नेपाल रत्न पद्वीबाट सम्मान गरिएको थियो भने महेन्द्रनारायण निधीलाई समेत राष्ट्रिय गौरब मरणेपरान्त पदकबाट सम्मान गर्ने निर्णय गरिएको संचारमन्त्री सुरेन्द्र कार्कीले बताए ।

स्व. वीपी कोईराला नेपाली काँग्रेसका संस्थापक नेता एबम् ०१५ सालमा पहिलो निर्बाचित प्रधानमन्त्री बनेका थिए । काँग्रेसका बर्तमान महामनत्ती डा.शसाँक कोईराला वीपी कोइरालाका कान्छा छोरा हुन् ।

महेन्द्र नारायण निधीका सुपुत्र बिमलेन्द्र निधि उपप्रधान एबम् गृहमन्त्री छन् भने मदन भण्डारीका धर्मपत्नी बिद्यादेवी भण्डारी राष्ट्रपछि छिन् ।