राजनीति

दोस्रो चरणको निर्बाचनको उमेर्द्वारी छिट्टै टुंगो लगाउने काँग्रेसको निर्णय

काठमाडौँ । नेपाली काँग्रेसले जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाउने काम अन्तिम चरणमा पु¥याएको छ ।

केन्द्रीय कार्यालय सानेपामा आज साँझ बसेको पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी एवम् वरिष्ठ नेताको बैठकले प्रदेश नं १, ५ र ७ को उम्मेदवार अन्तिम चरणमा पु¥याएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

देशको राजनीतिक छलफलका लागि नेताहरु बैठकमा जानुपर्ने भएकाले उम्मेदवार चयनमा ढिलाई भएको पौडेलले बताउनुभयो । उनले २ नं प्रदेशको उम्मेदवार चयन भने एक/दुई दिन लाग्ने बताए ।

काँग्रेसले निर्वाचन क्षेत्रीय कार्यसमितिलाई क्षेत्रअन्तर्गतका नगरपालिका र गाउँपालिकाका उम्मेदवार टुङ्ग्याउने अधिकार दिएको छ । क्षेत्रले उम्मेदवार चयन गर्न नसकेमा जिल्ला कार्यसमितिले गर्ने र जिल्ला समितिले पनि नसकेमा केन्द्रीय कार्यसमितिमा आउने व्यवस्था गरेको छ ।

केन्द्रीय समितिमा आएका विषयमा पदाधिकारी, पूर्व पदाधिकारी र वरिष्ठ नेताको समूहले निर्णय गर्ने गरेको छ ।