अन्तर्राष्ट्रिय

अफगानिस्तानमा भएको बम हमलामा परेर १३ जनाको ज्यान गयो

एजेन्सी । पूर्वी अफगानी शहर खोष्टमा भएको आत्मघाती बम हमलामा कम्तिमा १३ जनाको ज्यान गएको छ । आक्रमणमा थुप्रै व्यक्ति घाइते भएको जनाइएको छ । अफगानिस्तानका सूचना मन्त्रीका अनुसार घाइतेमध्ये कम्तिमा दुईजना बालबच्चा छन् ।

आक्रमणकारीले खोष्टको मध्य भागमा प्रहरी सवारी साधनलाई निशाना बनाएका थिए। आक्रमणको जिम्मा कसैले लिएको छैन तर आक्रमणमा तालिवान र इश्लामिक स्टेट भनेर चिनिएको समूहप्रति आशंका गरिएको छ।