राजनीति

भरतपुरमा अझै ३ वडाका १० हजार मतगणना बाँकी, रेणुले मतान्तर घटाएपछि एमालेपंक्ती स्तब्ध

भरतपुर । भरतपुर महानगरको मतपरिणामले पछिल्लो मतगणनातिर नेपाली राजनीतिक बृत तातेको देखिएको छ । माओबादी केन्द्रको तर्फबाट उमेर्द्वार बनेकी रेणु दाहाल र एमालेका तर्फबाट उमेर्द्वार देवी ज्ञवालीबीच तीब्र प्रतिस्पर्धा भईरहेको छ । आईतबार बिहानको मतपरिणाम अनुसार अनुमान गरिए बमोजिम रेणु दाहालको मत बढ्न सकेन ।

एमालेका देवी ज्ञवालीको ३९७५५ मत छ भने रेणु दाहालको ३८६०५ मत छ । केहिदिन अगाडी झण्डै ४ हजारले रेणुभन्दा बढी मत बनाएका ज्ञवाली अहिले भर्खरको परिणाम अनुसार मतान्तर भने घटेको हो । चार महानगरमध्ये आईतबार बिहान काठमाण्डौको मतगणना सकिईसकेको छ भने आईतबार रातीसम्ममा भरतपुरको पनि सकिने अनुमान लगाइएको छ।

काँग्रेससंग तालमेल गरेर आफ्नी छोरीलाई उमेर्द्वार बनाएका प्रधानमन्त्री दाहालको उक्त महानगरमा हार हुने निश्चित प्रायः भईसकेको छ । तैपनि अझै घ वटा वडाको मतगणना बाँकी रहेको भन्न सकिने अवस्था नभएको मतगणनामा उपस्थितहरु बताउछन् ।

उपमेयरमा काँग्रेसकी पार्वती शाहको जित भने कन्फर्म नै छ, पार्वतीको ४२५८६मत छ भने एमालेकी दिब्या शर्माको ३६३८५ मत छ । पोखरा महानगरमा एमालेले जितिसकेको छ भने काठ्माण्डौ र पोखरा एमालेका बिद्यासुन्दर शाक्य र मानबहादुर जीसीले जितेका छन् भने ललितपुर महानगरमा काँग्रेसले जितेको छ । भरतपुमा काँग्रेसकी तर्फबाट उपमेयर उमेर्द्वार बनेकी पार्वती शाहको वडा अझै गन्न बाँकी हुंदा मतगणनाको परिणाम अझै बताउन सकिने अवस्था छैन । त्यसमाथी १० हजार मतगणना गर्न अझैं बाँकी छ ।