काठमाडौँ । निर्बाचन कार्यालयको १३ दिनको ढिलासुस्तीको मतगणनापछि काठमाडौँ महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । उपमेयरमा भने काँग्रसकी हरिप्रभा खड्गी ( ५८९५२) भारी मतका साथ विजयी भईन् । एमालेले राप्रपासंग तालमेल गरेर मेयरमा जिजयी पनि राप्रपाका उमेर्द्वार राजाराम श्रेष्ठ ( ३४८५४)भारी मतान्तरले काँग्रेस उमेर्द्वार खड्गीसंग पराजित भए ।
प्राप्त अन्तिम परिणामअनुसार महानगर प्रमुखमा उम्मेदवारी दिएका नेकपा (एमाले)का विद्यासुन्दर शाक्य (६४९१३)विजयी भएका छन् ।
त्यसैगरी, नेपाली काँग्रेसका राजुराज १९६४४ मतान्तरले पराजय भएका छन् । राजुराजले निकट्तम् प्रतिद्वन्दीको रुपमा ४५२६९ मत ल्याएका छन् । मेयरमा नै विवेकशील नेपाल पार्टीकी रञ्जु (२३४३९)सानदार रुपमा तेस्रो स्थान कायम गरिन भने चौथो स्थानमा साझा पार्टीका किशोर थापा (१८४९६) कायम गरेका छन् ।
काँग्रेस कार्यकर्ताहरु मेयर एमालेले जितेपनि उपमेयर आफ्नो पार्टीबाट विजयी भएकोमा खुसी नै छन् ।
उपमेयरमा तेस्रो स्थान कायम गर्न साझा पार्टीकी निरुपमा यादब ( ११५३३) भईन् भने चौथोमा माओबादी केन्द्रकी शुसीला पौडेल ।
काठमाण्डौ महानगरपालीकाको जम्मा ३२ वटा वडामध्ये १८ वटा वडामा एमाले र १४ वटा वडामा काँग्रेस विजयी भएका छन् ।
राती मतगणना गर्न बाँकी रहेको १६ नम्बर वडाको मत सार्बजनिक गरिएकोले उक्त मतगणना आएपछि काठमाण्डौ महानगरको अन्तिम मतपरिणाम सार्बजनिक हुने छ ।
काठमाण्डौ महानगरको मतपरिणाम आएसंगै महानगरहरुमा भरतपुरको मात्र मतगणना सार्बजनिक हुन बाँकी छ ।