समाचार

लुक्लामा बिमान दुर्घटनामा चालक गम्भिर घाईते राईको मृत्यु, प्रतिकुल मौसमका कारण दुईलाई काठमाण्डौ ल्याउन सकिएन

काठमाण्डौ । काठमाण्डौबाट लुक्ला गएको बिमान अवतरणका क्रममा दुर्घटनामा पर्दा चालक गम्भिर घाईते भएका छन् । नाईन NAKY कल साईन भएको कार्गो बिमान अवतरणका क्रममा २ बजेर ४ मिनटमा रुखमा ठोक्किएर दुर्घटनामा परेको हो ।  दर्घटनामा गम्भिर घाईते भएका पारसकुमार राईको मृत्यु भएको छ । भने अन्य दुई घाईतेहरुलाई मोसममा सुधार नआएका कारण अझै काठमाण्डौ ल्याउन सकिएको छैन ।

घाईते चालक पारस राई, सहचालक श्रृजन मानन्धर र विमान परिचारिका प्रज्ञा महर्जन भएको जनाइएको छ । प्रहरीले घाईतेलाई उद्दार गरी उपचारका लागी काठमाण्डौ ल्याउन प्रयास भईरहेको त्रिभूवन अन्तर्राष्ट्रिय बिमानस्थलले जनाएको छ ।  मौसममा आएको प्रतिकुलताका कारण काठमाण्डौ ल्याउन सफल भएको छैन ।