आर्थिक

एनसेलले ल्यायो शुक्रबारबाट योण्डर म्युजिकएप

axiata-company

 काठमाण्डौ ।  । देशकै अग्रणी जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले गीत–संगीतका पारखीहरुलाई लाखौं गीतहरुमा निःशुल्क पहुँचको अबसर प्रदान गर्दै योण्डर म्युजिक एपनामक नयाँ डिजिटल प्लाटफर्म सार्वजनिक गरेको छ, जस अन्र्तगत ग्राहकले अब धेरै भन्दा धेरै गीतहरु सुन्न तथा डाउन लोडगर्न सक्नेछन् । एनसेलले अमेरिका अवस्थित योण्डर म्युजिक ईकंसँग सहकार्यगर्दै आफ्ना ग्राहकका लागि नेपालमायोण्डर म्युजिक एप ल्याएको हो ।

योण्डर म्युजिकएप सबै भन्दा धेरै नेपालीगीतहरु समावेश रहेको डिजिटल म्युजिकलाइब्रेरी हो । एनसेलका ग्राहकले शुक्रबारबाट एप डाउनलोड गरी रोमाञ्चक सांगीतिक यात्राको लाभलिन सक्नेछन् । एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले यो म्युजिकएप सजिलै आफ्नो मोबाइल फोनमा डाउनलोड गरी पुराना देखि हालका लोकप्रिय कुनै पनिविधाका नेपाली गीत तथा अन्तर्राष्ट्रिय गीत–संगीतहरुको अनलाइन तथा अफलाइनमा जान सक्ने एनसेलले जनाएको छ ।