खेलकुद

शनिबारदेखि प्रथम लुम्बिनी कप बास्केटबल प्रतियोगिता सुरु हुँदै

काठमाण्डौ । शनिबारदेखि थ्री बाई थ्री बास्केटबल प्रतियोगिता सुरु हुने भएको छ । लुम्बिनी एकेडेमिक कलेजको आयोजनामा प्रथम लुम्बिनी कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता सुरु हुने भएको हो ।

प्रतियोगितामा ब्वाइज र गल्र्समा समान ३२–३२ गरी ६४ टिमको सहभागिता रहने लुम्बिनीका प्रिन्सिपल रविनचन्द्र कोइरालाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

नकआउट आधारमा हुने प्रतियोगिताका खेलहरु चुच्चेपाटीस्थित आयोजक कोर्टमा हुनेछ । प्रतियोगिता सञ्चालन गर्न करिब १ लाख ५० हजार खर्च हुने लुम्बिनीका भाइस प्रिन्सिपल एवं प्रतियोगिता संयोजक उज्वल कोइरालाले बताए । फाइनल सोमबार हुनेछ ।