आर्थिक

सुमार्गीको ३ अर्ब रुपैया निकासा गर्न कसरत सुरु

काठमाडौं । चार वर्षदेखि नेपाल इन्भेस्टमेन्ट बैंक र नबिल बैंकमा रोकिएर रहेको अजय सुमार्गीको ३ अर्ब २९ करोड रूपैयाँ निकाशा गर्न कसरत सुरू भएको छ । सुमार्गीले दाहाल सरकार आएदेखि नै उक्त पैसा निकासा गर्न कसरत गर्दै आएका थिए ।

अहिले प्रचण्ड सरकार बाहिरिएपछि उनले उक्त रकम निकासा गर्न धेरै कसरत गरे र यस विषयमा मन्त्रिपरिषद, अर्थ मन्त्रालय तथा राष्ट्र बैंकका गभर्नर डा. चिरिन्जिबी नेपालसँग पनि पटक-पटक छलफल भयो । तर राष्ट्र बैंकले रोकेर राखेको रकम निकास गर्न भने सरकारले मानेन।

सुमार्गीले विदेशी कम्पनीबाट नेपालमा लगानी गर्न भनी ११ अर्ब रूपैयाँ नेपाल भित्र्याएका थिए । उक्त रकम मध्ये ८ अर्ब रूपैयाँ पहिला नै निकासा भइसकेको छ । सुमार्गीले बेलाबेलामा साइप्रसी कम्पनी एयरवेल तथा ब्रिटिस भर्जिन आइल्याण्डको जोधार कम्पनीबाट रकम ल्याउने गरेका थिए । शनिबारको अन्नपूर्णमा लेखिएको छ, सुमार्गीले विभिन्न कम्पनीमा लगानी गर्न भनेर उक्त रकम नेपाल भित्र्याएका हुन्।