समाचार

पोखरा महानगरमा एमालेका जिसी भारी मतसहित मोयरमा विजयी

पोखरा । पोखरा महानगरपालिकामा एमालेका मानबहादुर जीसी मेयरमा निर्बाचित भएका छन् । ६० हजार ४२३ मत प्राप्त गरी जीसी निर्बाचित भएका हुन् । निकटतम् प्रतिद्वन्दी नेपाली काँग्रेसका रामजी कुवरले ४६ हजार ४७३ मत प्राप्त गरेका छन् ।

उपमेयरमा पनि एमालेकी मञ्जु गुरुङ विजयी भएकी छिन् । मञ्जुले ५६ हजार ४४८ मत पाईन भने निकटतम् प्रतिद्वन्दी काँग्रेसकी सरस्वती गुंरुङले ४४३३८ मत प्राप्त गरेकी छिन् ।

यो जितसंगै एमालेले महानगरमा खाता खोलेको छ । पोखराका चोक चोकमा एमालेले विजयी जुलुस मनाउने तयारी गरिरहेको छ ।