पु.समाचार

भरतपुर मतगणना अपडेट– यस्तो छ शुक्रबार बिहानको मतपरिणाम

चितवन । भरतपुर महानगरपालिका मेयरमा एमालेका देवी ज्ञवाली र (माओवादी–कांग्रेस गठबन्धन)की रेणु दाहालबीचको भिडन्त रोचक मोडमा पुगेको छ । पछिल्लो समय क्रमशः मतअन्तर घटाउदै लगेकी रेणु देवीभन्दा १३ सय ९९ मतले पछाडि छिन् । १ लाख १२ हजार ९ सय ७ मत खसेकोमा अब २७ हजार ९ सय ४९ मत गणना हुन बाँकी छ ।

मतगणना बाँकी रहेको स्थानमा कांग्रेसको राम्रो पकड रहेकोले देवी र रेणुबीचको प्रतिष्पर्धा थप रोचक हुने देखिएको छ । अहिले बिहनसम्मको मतपरिणाम अनुसार एमालेका ज्ञवालीको ३३ हजार १ सय ६४ र (माओवादी–कांग्रेस गठबन्धन)की रेणु दाहालको ३१ हजार ७ सय ६५ मत आएको छ । मतगणना जारी छ ।