पु.समाचार

महानगरको मतपरिणाम शनिबारसम्ममा आइसक्ने

काठमाडौं । पहिलो चरणमा भएको स्थानीय निकाय निर्वाचनको मत परिणम आउने क्रम अन्तिम चरणमा पुगेको छ । काठमाडौं महानगरमा बिहीबार रातिसम्म ३२ बडा मध्ये तीन वटा वडाको मात्रै मत गणना बाँकी रहेको छ ।

शुक्रबारको नेपाल समाचारपत्रमा लेखिएको छ, काठमाडौं महानगरपालिकामा पछिल्लो मतपरिणामअनुसार १३ वटा वडामा एमालेले विजयी हासिल गरेको छ । काठमाण्डौ महानगरको मतपरिणाम शनिबारसम्म आइसक्ने श्रोतले बताएको छ ।