पु.समाचार

प्रचण्डले गाडी लुटेर चढेका काँग्रेसका राजु पराजित, मेयर र उपमेयर दुबैमा एमाले

काठमाडौँ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का उद्धव खरेल विजयी भएका छन् ।

खरेलले १३ हजार २४८ मत प्राप्त गरी विजयी हुनुभएको हो । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजु श्रेष्ठले आठ हजार ९२७ मत प्राप्त गरेका निर्वाचन कार्यालयले जनाएको छ । पराजीत भएका राजु श्रेष्ठबाट बर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले ०६० सालपछि १२ बुंदे समझदारी पश्चात लुटेर गाडी चढेको थियो । केही समयपछि बागबजारबाट उक्त गाडी प्रहरीले समातेर राजु (गाडी धनी ) लाई बुझाएको समाचार आएको थियो ।

उपप्रमुखमा एमालेकै रमा राई विजयी भएकी छिन् । उनले १३ हजार १८८ मत प्राप्त गरेकी छन् भने निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी शुभद्रा खड्काले ९ हजार ७६८ मत प्राप्त गरिन् ।