राजनीति

अब बिराटनगर र बिरगञ्ज पनि महानगरपालिका, २४ गाँउपालिका थपिए

काठमाण्डौ । सरकारले पुर्बााञ्चलको पुरानो शहर बिराटनगर र ब्यापारिक केन्द्र बिराटनगरलाई सोमबारबाट महानगरपालिका बनाएको छ । पुर्बाञ्चलबासीहरुको असन्तुष्टी भईरहेका बेला मधेसबादी दलहरुलाई स्थानीय तहको दास्रो चरणको निर्बाचनमा भाग लिने वातावरण बनाउने अभिप्रायले उक्त निर्णय गरेको हो ।

यसका साथसाथै २२ स्थानीय तह थपेको छ भने २४ वटा गाँउपालिकालाई नगरपालिका बनाएको छ । यो प्रस्ताव उपप्रधान एबम् स्थानीय बिकासमन्त्री बिजयकुमार गच्छेदारको समितिले बुझाएको उक्त प्रस्ताव हो । गच्छेदारको उक्त प्रस्ताव सोमबार साँझ बसेको मन्त्रीपरिषदको बैठकले पास गरेको छ ।

धेरैले महानगरपालिका बनाएपछि धेरै कर तिर्नुपर्ने भएकोले बिराटनगरका ब्यापारीहरुले रोकेको आरोप लगाएका थिए भने कसैले केन्द्रमा प्रतिनिधित्व गर्नेबिराटनगरका नेताहरुको लाचारीका कारण उक्त स्थान महानगरपालिका बन्न नसकेको बताएका थिए त कसैले आवस्यक भौतिक पुर्बाधार र जनसंख्या लगायतका कुराहरु नपुगेकोले महानगर बन्न नसकेको बिश्लेशण गरेका थिए । अब भने र्दु ब्यापालीक केन्द्र महानगर भएपछि ती सबै बिश्लेशणहरु फेल खाएका छन् ।

सरकारले उक्त निर्णय गरेसंगै ७४४ स्थानीय तहबाट ७७६ स्थानीय तह बनेका छन् ।
गाँउपालिका थप भएका जिल्लाहरु
सुनसरी २
सप्तरी १
रौतहट २
पर्सा १
धनुसा १
सर्लाही ३
बाह्रा १
नवलपरासी ३
रुपन्देही ३

कपिलबस्तु ३
कैलाली १
बााके १

नगरपालिकामा स्तरोनती गरिएका जिल्ला
झापा २
सिराहा १
रौतहट ११
धनुसा १
बाह्रा १
रुपन्देही २
बाँके २
महोत्तरी ३
कैलाली १