राजनीति

निर्बाचन हार्नु मूख्य कारण सभापति देउवाको ब्यक्तीगत स्वार्थ : पौडेल पक्ष

काठमाण्डौ । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय नेताहरुले सभापति देउवाको खराब नीतिका कारण काँग्रेसप्रति शहरिया शिक्षित जनताले नेपाली काँग्रेसलाई मतदान नगरेको निश्कर्ष निकालेको छ ।

उक्त बैठकमा सभापति देउवाले आफू चितवन गएर प्रधानमन्त्री पुष्पकमल दाहालकी सुपुत्रीकोमा भोट माग्न गएको तर प्रधानमन्त्रीलाई पोखरा काँग्रेसलाई मतमाग्न नलगेको, पार्टीको स्थानीय तहबाट आएको उमेर्द्वारलाई टीकट नदिई मनलाग्दी टिकट बितरण गरेको, जथाभाबी मुलुक र पार्टीभन्दा ब्यक्तीगत हितका लागी निर्णय गर्दै हिडेको आरोप लगाएका छन् ।

बैठकमा उपस्थित बरिष्ठ नेता रामचनद्र पौडेल, महामन्त्ती डा.शसाँक कोईराला, नेता प्रकाशमान सिंह लगायतका राजधानीमा उपस्थित केन्द्रीय सदस्यहरुको अनामनगरस्थीत रामचन्द्र पौडेलको सम्पर्क कार्यालयमा बसेको बैठक उक्त बिश्लेशण गरिएको हो ।

साथै दास्रो चरणको निर्बाचन मुखैमा आईरहेका बेला सभापति देउवाले बिगतमा गरेको गल्ती सच्याउने प्रण गर्दै जनतासंग माफी माग्नुपर्ने समेत बताएको बैठकमा उपस्थित एक केनद्रीय सदस्यले सुर्यखबरलाई बताए ।