राजनीति

प्रधानमन्त्री दाहालले काँग्रेससंगको सहमती यसरी तोड्दै, सोमबार पनि राजीनामा आएन

काठमाण्डौ । १० महिना अगाडि संसदमा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दल नेपाली काँग्रेस र माओबादी केन्द्रबीच ९ ९ महिना सरकारको नेतृत्व गर्ने सहमती भएबमोजीम प्रधानमन्त्री पुष्पकमल दहालले राजीनामा दिन आलटाल गरेका छन् ।

चैत्र ३१ गते निर्बाचन सम्पन्न गरेर राजीनामा दिने बताइएपनि निर्बाचन बैसाख ३१ गतेका लागी सरेपछि उनको राजीनामाको मिति पनि सरेको थियो । निर्बाचनको मिति मात्र सरेन, दुईचरणमा घोषणा भएको निर्बाचनको पहिलो चरण सम्पन्न भएर नतिजा समेत सम्पन्न हुँदै गएपनि बजेट ल्याउन ढिला हुन लाग्दा सम्म प्रधानमन्त्री दाहालले राजीनामा दिन आलटाल गरेको देखिएको छ । प्रधानमन्त्रीले आफूले काँग्रेससंग भएको सहमती अनुसार नै आफू अगाडी बढ्ने बताइएपनि राजनीनामा दिन आलटाल गरेपछि शंका उतपन्न भएको छ ।

पूर्ब  अर्थमन्त्री एबम् काँग्रेस नेता डा. रामशरण महतले सोमबार काठमाण्डौमा आयोजीत एक कार्यक्रममा समेत उक्त असन्तुष्टी जनाईसकेका छन्, डा. महतले जेठ ४ गते राजीनामा दिने भनिएको, त्यो नहुंदा, ८ गते दिने भनिएको त्यो पनि नहुदा के गर्न खोजिएको हो बुझ्न नसकिएको बताएका थिए ।

आईतबारको एक कार्यक्रममा माओबादीका नेता टोपबहादुर रायमाझीले समेत प्रधानमन्त्री काँग्रेससंगको पूर्बसहमती अनुसार अगाडी बढ्ने बिचार ब्यक्त गरेका थिए । सोमबार माओबादीकेन्द्रको हेडक्वाटरले पहिलो चरणको स्थान्ीय तहको निर्बाचनमा तेस्रो स्थान पाउनु पनि सन्तोषजनक भएको बताएपनि सरकारबारे कुनै टीप्पणी गरेको छैन ।

प्रधानमन्त्रीका लागी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा तम्तयार भएर बसेपनि प्रधानमन्त्री दाहालले त्याती सजिलै छाड्ने सम्भाबना नरहेको एक बिश्लेशकले सुर्यखबरलाई बताए । नेपाली काँग्रेसकै केन्द्रीय सदस्य एबम् प्रभाबशाली नेता डा. शेखर कोईरालाले पत्रकारहरुसंग कुरा गर्दै दोस्रो चरणको निर्बाचन सम्पन्न नभईकन प्रधानमन्त्रीले राजीनामा दिन नहुने बताएका थिए । यसबाट १० महिना अगाडी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओबादी केन्द्रका अध्यक्षबीच भएके ३ बुंदे सहमतीलाई प्रधानमन्त्तीले थाङनामा सुताईदिने त होईनन् भन्ने कुरा सोमबार प्रधानमन्त्रीले राजीनामा नदिईएको घटनाले बताउछ ।

एमाले लगायतका दलहरुले सहमती गरे पुनः आफू नै प्रधानमन्त्री बन्ने आन्तरीक गृहकार्यमा प्रधानमन्त्री लागेको र एमालेले सहयोग नगरेमा भने देउवालाई नै प्रधानमन्त्ती दिने योजनामा रहेको स्रोतको दाबी छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाले माओबादी केन्द्रका अध्यक्ष एबम् प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई त्यती सजिलै प्रधानमन्त्री दिने पक्षमा नरहेको ठम्याएका छन् । प्रधानमन्त्रीका लागी स्थानीय तहको निर्बाचनमा काँग्रेससंग माओबाद्यीको तालमेल गराएर पार्टी कार्यकर्ताको चर्को दबाब खेप्नुपरेपनि देउवालेले सहजै आफूले पाउने आश नगरेको देउवा निकट स्रोतको दाबी छ । प्रधानमन्त्री दाहालले धोका दिए एमालेसंग सहकार्य गरेर सरकार निर्माण गर्ने आन्तरीक गृहकार्य समेत देउवाले गरेका छन् भने काँग्रेसको एउटा ग्रुपले सबै दलमिलेर सहमतीय सरकारको नेतृत्व गर्ने वातावरण निर्माणमा समेत लागेको बुझीएको छ ।