पु.समाचार

भरतपुर माहानगरमा ज्ञवालीलाई रेणुले मतान्तर घटाउदै, एमाले आत्तियो

भरतपुर ।  प्रधानमन्त्री पुत्री रेणु दाहाललाई एमालेका उमेर्द्वार देवी ज्ञवालीले पछाडि धकेल्ने क्रम जारी रहेको मुलुकको ६ माहानगर मध्ये महत्वपूर्ण तहमा निर्बाचन अधिकृतको कार्यालयले  भर्खरैसम्मको मतगणना सार्बजनिक गरेको छ ।

पछिल्लो मत गणना अनुसार एमालेका मेयर उमेर्द्वार ज्ञवालीको ३३१६४ मत छ भने रेणु दहालको ३१७७५ मत छ । चार हजार मतले ब्याक पारेका एमालेका ज्ञवालीले पिछल्लाे मतपिरणााम अनुसार १३८९ मतले रेणुलाइ पछी पारेका छन् । यस  हसाबले ८ वटा भन्दा बढीवडामा मतगणाना हुन बाँकी रहेका बेला एमाले उमेर्रद्वार ज्ञवालीले हार्ने सम्भाबना बलियो रहेको चितवनका राजनीतिकर्मीहरुले अनुमान लगाउन थालेका छन् ।

उपमेयरमा भने काँग्रेसकी पार्वती शाहको अग्रता कायम नै छ पार्वती शाहले दिब्या शर्मालाई पछाडी पारिरहेकी छिन् । पार्वतीको ३५२८० मत छ भने दिब्या शर्माको २९९६२ मत छ ।  मतगणनाको अन्त्यतिर आउदा एमाले उमेर्द्वार र माओबादी केन्द्र उमेर्द्वारबीचको मतान्तर घट्नु राजनीतिक रुपमा अर्थपूर्ण देखिएको छ ।