समाचार

मध्यपुरथिमिको प्रमुखमा एमाले, उप-प्रमुखमा काँग्रेस

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–८ को वडा अध्यक्षमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार देवकृष्ण मथ श्रेष्ठ विजयीभएका छन् ।

श्रेष्ठले एक हजार ४२ मत प्राप्त गरेका छन् भने उनको निकटमत प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिलकृष्ण प्रजापतिले ९९२ मत प्राप्त गरेका थिए । त्यसैगरी महिला वडा सदस्यमा नेपाली काँग्रेसकी रमिता जिमा (साय श्रेष्ठ), दलित महिला सदस्यमा एमालेकी मन्दिरा थापा नेपाली, सदस्यमा नेपाली काँग्रेसका दिपेन धिके र अर्का सदस्यमा नेमकिपाका रमेश थापा श्रेष्ठ विजयी भएका छन् ।

मध्यपुरथिमि नगरपालिकाको प्रमुखमा एमालेका उम्मेदवार मदनसुन्दर श्रेष्ठ १३ हजार ८६ मतका साथ अग्रस्थानमा रहेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अष्ट कवेँ नौ हजार ८९१ मतले पछाडि छन् ।

उपप्रमुखमा नेपाली काँग्रेसकी उम्मेदवार अञ्जना मधिकर्मी नौ हजार ९२९ मतका साथ अग्रस्थानमा छन् भने नेमकिपाका उम्मेदवार केदार खड्का सात हजार ३५६ मतका साथ पछाडि छन् ।

मध्यपुरथिमि नगरपालिका–९ को मतगणना सुरु भएको छ भने आज रातिसम्ममा अन्तिम परिणाम आउने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।