राजनीति

ईन्द्रावतीमा यसरी भए अमेरीका बासी काँग्रेसका मेयर, उपमेयरपनि काँग्रेसकै पोल्टामा

मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका वंशलाल तामाङ विजयी भएका छन् । बंशलाल तामाङ ग्रीनकार्ड त्यागेर आफ्नो गाँउ बनाउने उद्येश्यले नेपाल आएको समाचारहरु आईरहेको थियो । उनी अमेरीका जनसम्पर्क समितिका समेत संस्थापक सदस्य र बर्तमान सल्लाहाकार हुन् ।

राति अबेर घोषित अन्तिम मत परिणामअनुसार तामाङले पाँच हजार ३६५ मत प्राप्त गरेका थिए । तामाङका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का झम्क नेपालले पाँच हजार १६५ मत प्राप्त गरेकी थिईन् ।

त्यसैगरी उपाध्यक्षमा नेपाली काँग्रेसकै मीरा अधिकारी लामा विजयी भएकी छिन् । उनले पाँच हजार १९१ मत प्राप्त छिन्। उनको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का सरस्वती अधिकारीले पाँच हजार ७९ मत प्राप्त गरेकी थिईन् ।

त्यसैगरी वडा नं ९ को वडा अध्यक्षमा नेकपा (एमाले)का बाबुराम लामाले ४७३ मत प्राप्त गरी विजयी भएक छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हर्कबहादुर तामाङले ३७६ मत प्राप्त गरेका थिए ।

त्यस्तै वडा नं १० को वडा अध्यक्षमा काँग्रेसका जीवनकुमार थापामगरले ६२४ मत प्राप्त गरी विजयी भएका छन् भने उनको निकटतम प्रतिद्वन्द्वी एमालेका इन्द्रप्रसाद आचार्यले ६२१ मत प्राप्त गरेका थिए ।

त्यस्तै वडा नं ११ को वडा अध्यक्षमा एमालेका मने माझीले ४२४ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामजी माझीले ३९० मत प्राप्त गरेका थिए ।

त्यस्तै वडा नं १२ को वडा अध्यक्षमा काँग्रेसका कमलरतन दनुवारले ५०३ मत प्राप्त गरी विजयी भएक छन् भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका सुरेन्द्रबहादुर दनुवार ३८४ मत प्राप्त गरेको जिल्ला निर्वाचन सेलले जानकारी दिएको छ ।