राजनीति

कमल थापाको जिल्ला हेटौंडा उपमहानगरको मेयरमा काँग्रेसका आनन्दरामको जित शुनिश्चित (अपडेट)

हेटौंडा । मुलुकको महत्वपूर्ण बयापारिक केन्द्र पर्ने हेटौंडा उपमहानगरपालिकाको मयरमा नेपाली काँग्रेसको अग्रता कायम छ । अहिले सम्मको मतगणना अनुसार नेपाली काँग्रेसको तर्फबाट मेयरमा उठेका उमेर्द्वार आनन्दराम पराजुलीले १४७१९ मत ल्याएर अग्रता कायम गरेका छन् ।
काँग्रेसका मेयर उमेर्द्वार पराजुलीलाई एमालेका हरिबहादुर पराजुलीले १४४८८ मत ल्याएर पछ्याईरहेका छन् । राप्रपाका मधु थापा ४५९७ मत ल्याएर तेस्रो स्थानमा छन् । हेटौंडा राप्रपाका अध्यक्ष कमल थापाको गृह जिल्ला समेत हो । संबिधानसभा निर्बाचनमा प्रत्यक्षतर्फ खाता पनि खोल्न नसकेका थापाले समानुपातिकमा भने २४ सीट हत्याएर चौथो ठूलो दलको सुबिधा लिईरहेका थिए । पछिल्लो समयमा राजाबादीहरुको पार्टी राप्रसंग एकीकरण गरेर एकीकृत पार्टीको अध्यक्ष भएका छन् ।

उपमेयरमा एमालेकी मीना लामाले १४५०९ मत ल्याएकी छिन् भने माओबादी केन्द्रका बलराम बलले १०८३० मतले पछ्याईरहेका छन् । काँग्रेसकी ईन्दीरा न्यौपाने भने उपमेयरमा ५२७७ मतसहित तेस्रो स्थानमा छिन् ।