विशेष

दोस्रोचरणको निर्बाचन परिणामपछि काँग्रेस नै पहिलो हुने, एमाले अहिल्यै आत्तियो

काठमाण्डौ । स्थानीय तह को पहिलो चरणको निर्बाचनमा काँग्रेसले ज्यादै कम मत ल्याउछ भनेर आँकलन गरेको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आत्तिएको छ । नेकपा एमलेका अध्यक्ष केपी शर्मा ओलीले केहिदिन अगाडी काभ्रेको एक कार्यक्रममा सम्बोधन गर्दै नेपालीकाँग्रेस एमालेको हाराहारीमा आउनु अचम्म भएको भन्ने बताएपछि एमाले आत्तिएको भन्ने पुष्टी भएको हो ।

०५४ सालको स्थानीय निकायको निर्बाचनमा झण्डै एकछत्र जित हाँशिल गरेको एमालेले अग्रता त कायम गरेको छ तर यो अग्रता उसका लागी सोचेको भन्दा कम हो । पहिलो चरणमा भएको यस स्थानीय तहको निर्बाचनमा एमालेले काँग्रेस भन्दा बढीमा २० तहले अग्रता कायम गर्ने अनुमान लगाईन्छ । काठमाण्डौ, ललितपुर, भरतपुर र पोखरा महानगरपालीकाहरु बाहेक प्रदेश नम्बर ३, ४ र ६का उपमहानगर, नगर र गाँउहरुमा आफ्नो राम्रो प्रभाब भएको आँकलन निर्बाचन अगाडी गरेकोले एमाले यस नतिजाबाट सन्तुष्ट छैन ।

एमालेलाई डर भनेको तराईका बिरुद्ध उसले दिने उग्र नाराका कारण तराईमा भोट कम खस्ने र हार्ने सम्भाबना भएको हुंदा पहिलो चरणको निर्बाचनमा काँग्रेससंग हाराहारी हुंदा दोस्रो चरणकोमा काँग्रेसले भारी तहसंख्याले उछिन्ने र आफू स्थानीय तहमा समेत पछाडी पर्ने भन्ने हो ।

जस्तै दास्रो चरणको जेठ ३१ गरे सम्पन्न हुने स्थान्ीय तहको निर्बाचनमा प्रदेश नम्बर, १, २, ५ र ७ का ४६१ तह मध्ये पहाडी जिल्लाहरुमा एमालेले केहि जित हाँशिल गर्ला तर प्रदेश नम्बर २ सहितका तराईका जिल्लाहरुमा एमाले खोज्ने अवस्था आउने राजनीतिक विश्लेशकहरु बताउछन् ।

काँग्रेसका एक माथिल्लो तहका नेताको विश्लेशण पनि यही छ कि पहिलो चरणको निर्बाचनमा एमालेले आफ्नो पकड ठानेको थियो, यसमा उ चुक्यो, अब दोस्रो चरणको निर्बाचनमा काँग्रेको पकड छ भन्ने एमालेलाई समेत बिश्वासरहेको कुरा हो, यसबाट एमाले डराएको छ कि, अब काँग्रेसले सबै स्थानीय तहको निर्बाचन हुंदा एमालेलाई जित्ने भो भनेर ।

त्यसमाथी पहिलो चरणमा कायम गरिएको काँग्रेस र माओबादी केन्द्रबीचको चुनावी तालमेललाई दोस्रो चरणको निर्बाचनमा समेत कायम राख्ने सम्भाबना बढेर गएको छ । माओबादी केन्द्रका अध्यक्ष समेत रहेको प्रधानमन्त्री पुष्पकमल दाहालले काँग्रेससंगको सहमती अनुसार आफूले राजीनामा दिएर अगाडी बढ्ने बताइसकेका छन् । यसबाट तराईमा एमालेले राप्रपासंग चुनाबी तालमेल गरेपछि पहिलो चरणको निर्बाचनबाट बढारिएको राप्रपालाई जनताले बिश्वास गर्ने खासै छाँटकाँट देखिदैन ।

त्यसैले अबको केहिदिनमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सम्भाबना बढेर गएको छ, दोस्रो चरणको निर्बाचनमा एमालेले बढारिने अनुमान सबैतिरबाट आँकलन गरिएको छ । एमालेले भने आफ्नो पार्टी तराईमा पनि पहिलो पार्टी हुने बताउन छाडेको छैन ।

बढारिने भन्नाले एमले पुरै सकिने भन्ने नठानौ, कि काँग्रेसले गत संबिधानसभा निर्बाचनमा एमलेलाई जुन अनुपातमा जितेको थियो त्यो भन्दा बढी जनमतबाट पुनः काँग्रेस दोहोरिने अनुमान लगागाउन सकिन्छ ।