राजनीति

काठमाण्डौको नागार्जुन र गोकर्णेश्वर नगरपालिकामा काँग्रेसले बाजी मार्यो

काठमाडौँ । नागार्जुन नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका मोहनबहादुर बस्नेत विजयी भएका छन् ।

बस्नेतले छ हजार ९६१ मत प्राप्त गरी विजयी भएका निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी गराए । उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)का कृष्णहरि खत्रीले छ हजार ७२६ मत प्राप्त गरेका छन् ।

यसैगरी उपप्रमुखमा एमालेका सुशीला अधिकारीले छ हजार ८७१ मत प्राप्त गरी विजय भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका कल्याणी खड्काले छ हजार ७९१ मत प्राप्त गरेका छन् ।

वडा नं १० को वडाअध्यक्षमा काँग्रेसका सुन्दरबहादुर केसी विजय भएका छन् । नागार्जुनमा २६ हजार २४५ मतदाता रहेकामा २० हजार ८९७ मत खसेको थियो ।

यसैगरी गोकर्णेश्वर नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका उम्मेद्वार सन्तोष चालिसे निर्वाचित भएका छन् ।

मतगणनाअनुसार काँग्रेसका चालिसेले नौ हजार नौ मत ल्याई विजयी भएका छन् । उनका प्रतिद्धन्द्धी नेकपा (एमाले)का उम्मेद्वार पुण्यप्रसाद चौलागाइँले सात हजार ५९५ मत प्राप्त गरको मुख्य निर्वाचन अधिकृत निर्मला सुवेदीले जानकारी दिए ।

यस्तै उपप्रमुखमा पनि काँग्रेसकै उम्मेद्वार शान्ति नेपाल निर्वाचित भईन्।