राजनीति

दोस्रो चरणको निर्बाचन चुनौतीपूर्ण छ : प्रधानमन्त्री

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहालले कुन पार्टीले जित्ने भन्दापनि निर्बाचन गर्ने आफ्नो मूख्य बिषय चिन्ता रहेको बताएका छन् । कृषि तथा बन विज्ञान विश्वबिद्यालय भबन भरतपुरको उद्घाटन गर्दै  प्रधानमन्त्री दाहालले दोस्रो चरणको निर्बाचन ज्यादै चुनौतीपूर्ण रहेको जनाउदै त्यसकालागी आजैदेखि असन्तुष्ट पक्षहरुसंग सल्लाह गर्ने बताएका छन् ।

प्रधानमनत्री दाहालले, ‘काँग्रेस, एमाले जुनसुकै पार्टीले जितेपनि देशले जित्ने’ आफूलाई लागेको बताउदै काठमाण्डौ फर्किएपछि दास्रो चरणको निर्बाचनको बिषयमा सबैलाई सल्लाहा गरेर सबैलाई भाग लिने वातावरणमा आफू लाग्ने बतटाएका छन् । उनले उक्त कार्यक्रममा दोस्रो चरणको निर्बाचन ज्यादै चुनौतीपूर्ण भएको समेत दाबी गरेका थिए ।