आर्थिक

मन्त्री जोशी लागीनी बोर्डको उपाध्यक्षमा नियुक्त

काठमाडौँ । सरकारले उद्योगमन्त्री नवीन्द्रराज जोशीलाई लगानी बोर्डको उपाध्यक्षमा नियुक्त गरेको छ ।

बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्री जोशीलाई बिहीबार सो पदमा नियुक्त गरेका छन्। उपाध्यक्षमा नियुक्त भएलगत्तै मन्त्री जोशीले लगानी बोर्डलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । विभिन्न मन्त्रालय र निकायसँग समन्वय गरी ठूला पूर्वाधार तथा परियोजना प्रभावकारी ढङ्गले अगाडि बढाउन सशक्त निकायका रुपमा बोर्डलाई स्थापित गर्नुपर्ने मन्त्री जोशीले बताका थिए ।

बोर्डको कार्यालय नयाँ बानेश्वरमा आयोजित स्वागत कार्यक्रममा उनले बोर्डको काम प्रभावकारी बनाउन लगानी बोर्ड ऐन संशोधन गर्नुपर्नेमा जोड दिए । आफ्नो विज्ञता र विशिष्टतालाई पहिचान गर्दै रोजगारी, राजस्व तथा समग्र अर्थ व्यवस्थामा योगदान पुग्ने गरी लगानी सहजीकरण गर्नुपर्ने उनको भनाइ थियो ।

उक्त कार्यक्रममा मन्त्री जोशीलाई बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले स्वागत गर्दै बोर्डका समस्या समाधानमा दिलोज्यान दिएर लाग्न मन्त्री जोशीलाई आग्रह गरे ।