अन्तर्राष्ट्रिय

चीनमा एक हजार छ सय जना आगो नियन्त्रणमा

होह्हट (चीन) । चीनको उत्तरतर्फ पर्ने भित्री मङ्गोलिया स्वायत्त क्षेत्रमा अवस्थित जङ्गलमा लागेको डढेलो नियन्त्रण गर्न एक हजार छ सय जनाभन्दा बढी व्यक्ति प्रयासरत रहेका छन् ।

आगलागी नियन्त्रण गर्न प्रयास गर्नेमा बनमा खटिएका सुरक्षागार्डलगायत एक हजार छ सयभन्दा बढी व्यक्ति रहेका जनाइएको छ ।

चेनबाएर्हु व्यानरमा गत बुधबार देखि सुरु भएको डढेलो बिहीबार मध्याह्नसम्म झण्डै पाँच हजार हेक्टर क्षेत्रफलमा फैलिएको अधिकारीको भनाइ छ ।

आठ ओटा विमान र छ ओटा सवारी साधनसमेत परिचान गरेर आगो नियन्त्रण गर्न प्रयास भइरहेको छ ।

यद्यपी आवश्यक भएमा वन सुरक्षाको लागि खटिएका अन्य एक हजार सात सयभन्दा बढी सुरक्षाकर्मी यस डेढेलो नियन्त्रणको लागि तयार रहेका बताइएको छ ।

सिन्ह्वा संचारमाद्यमका अनुसार, गर्मीको समयमा भित्री मङ्गोलियाको तापक्रम अरु बेला भन्दा अत्याधिक धेरै हुने भएकाले बनजङ्गलमा सुख्खा भइ आगालागीको खतरा बढी हुने गरेको छ ।