आर्थिक

बुधबारमात्र नौ साखा खोलेको एनआईसी एशियाले बुधबार ४ नयाँ शाखा

काठमाण्डौ । बुधबार मात्र नौ वटा साखा उद्घाटन गरेको एनआईसी बैंकले विभिन्न ४ स्थानमा रहेका नयाँ शाखाहरुको एकै साथ बिहीबारबाट समुद्घाटन गरेको छ ।

शाखाहरु मध्ये मणिग्राम स्थित १०२ औं शाखाको उद्घाटन तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष,  गुणानिधि भण्डारी ले, नयाँ पुल कास्की स्थित १०४ औं शाखाको उद्घाटन नयाँ पुल कास्की निवासी कुल बहादुर गुरुङले, सालझण्डी स्थित १०५ औं शाखाको उद्घाटन सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष श्री राज बहादुर क्षेत्री एवं सैनामैना व्यापार संघका अध्यक्ष,  दुर्गा प्रसाद गौतमले संयुक्त रुपमा र रुद्रपुर स्थित १०७ औं शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रय सदस्य, सुरेन्द्र प्रसाद श्रेष्ठले गरेका थिए ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ । उक्त कुरा प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले सुर्यखबरलाई बताएका छन् ।