पु.समाचार

मुलुकका सबैभन्दा महत्वपुर्ण ४ माहानगरको ताजा मतपरिणाम (अपडेट)

काठमाण्डौ । ढिलो मतगणना गरेको भनेर सर्बसाधारण सम्मको आलोचना खेपिरहेको निर्बाचन आयोगले अहिले सम्मको नतिजा अनुसार १६० स्थानीय तहको मत परिणाम गणना गर्दा नेपाली काँग्रेसले ६४ तहमा विजयी हाँशिल गरेको छ भने नेकपा एमालेले ६६ तहका विजयी हाँशिल गरेर संगको अग्रता कायम गरेको छ। माओबादी केन्द्र शुरुवातीदेखिको २५ तहसहित तेस्रो स्थान कायम नै राखेको छ । स्वतन्त्रमा १ जना जितेको थियो अर्को २ थएिर ३ भएका छन् । मतगणना अग्रतामा घरि काँग्रेस घरि एमाले भईरहेको छ पहिलो हुनेमा केहिदिनदेखिको तलमाथी हुने क्रम जारी छ ।

काठमाण्डौ माहानगर ताजा अपडेट
सर्बाधिक चासोको रुपमा हेरिएका चार माहानगरमध्ये राजधानीको काठमाण्डौ माहानगरमा घरि एमालेका विद्यासुन्दर शाक्य र घरि काँग्रेसका राजुराज जोशीले अग्रस्थान कायम गर्ने होडबाजी चलिरहेको छ । बिहानको अपडेट अनुसार बिद्यासुन्दर शाक्यको  ४३१७  र राजुराज जोशीको २४७२ मत छ । काठमाण्डौमा उपमेयरमा भने काँग्रेसकी हरिप्रभा खड्गीको अग्रस्थान कायम छ । हरिप्रभालाई राप्रपाका राजाराम श्रेष्ठले पछ्याईरहेका छन् । हरिप्रभाको २८०० र राजारामको १२१४ मत छ । काठमाण्डौको मतगणना अन्तको भन्दा ज्यादै ढिलो भयो भनेर सर्बत्र बिरोध आएपछि निर्बाचन आयोगले एक सातामा परिणाम आईसक्ने हुंदा त्यती पर्खन अनुरोध गरेको छ । । विवेकशीलकी रञ्जु दर्शनाको  १८७७, साझा पार्टीका किशोर थापाको ७५६, माओबादीका सर्बोत्तम डंगोलको ४४१ मत रहेको छ ।

ललितपुरको ताजा अपडेट

एमालेका मेयर उमेर्द्वार हरिकृण्ण ब्यन्जनकार ९४३२ मत प्राप्त गरेका छन् भने काँग्रेसका चिरिबाबु महर्जनले ९२७८ मतसहित पुनः केहि भोटले अग्रता जमाएका छन् । साझा पार्टीका रमेश महर्जको ४२८, माओबादी केन्द्रका दिनेश महर्जनको १३५२ मत, फोरम।नयाँशक्ती मदन महर्जनको १०८ मत रहेको छ । ललितपुरको उपमेयरमा काँग्रेसकी गीता सत्यालको ५७७३ र राप्रपाका बाबुकाजी प्रधानले ४०१५ मत प्राप्त गरेका छन, तेस्रो स्थानमा ललितपुरको मेयर उमेर्द्वारमा पनि काँग्रेस र एमाले उमेर्द्वारबीच अग्रतामा ब्यापक प्रतिस्पर्धा देखिएको छ भने उपमेयरमा काँग्रेसले शुरुदेखि नै अग्रता कायम गरिरहेको छ ।

भरतपुरको ताजा अपडेट

प्रधानमन्त्री पुष्पकमल दाहाल पुत्री रेणु दाहाल मेयर उमेर्द्वार भएको भरतपुर महानगरमा पनि सबैको मतगणनामा चासो रहेको देखिन्छ उक्त महानगर क्षेत्रमा एमालेका तर्फबाट उमेर्द्वार बनेका देवी ज्ञवालीले ६८०० मत प्राप्त गरेका छन् भने प्रधानमन्त्री दाहाल पुत्री रेणुले ५०८९ मत प्राप्त गरेकी छिन् । मेयरमा तेस्रो स्थानमा राप्रपाका बद्री तिमिल्सिनाले ५७७ मत प्राप्त गरेका छन् । भरतपुरको उपमेयरमा काँग्रेसकी पार्वती शाहको ५९५५ र एमालेकी दिव्या आचार्यको ५७२९ मत पाएकी छन् । भरतपुर उपमेयरमा शुरुवातीदेखीनै काँग्रेसकी पार्वतीले लिड गर्दै आईरहेकी छिन् ।

पोखराको ताजा अपडेट

नेपालको प्रमुख पर्यटकीय नगरी मानिने पोखरा उपमहानगरपालीकामा एमालेका तर्फबाट मेयर उमेर्द्वार बनेका मानबहादुर जिसीले अग्रता कायम गरेका छन् । काँग्रेसका रामजी कुँवरको ८९३१ हुंदा जिसीको ९३१७ मत छ । काँग्रेस उमेर्द्वारको तुलनामा एमाले उमेर्द्वार अग्रस्थानमा छन् । पोखरा उपमेयरमा एमालेकै मञ्जुदेवी गुरुगं ९०४७ मत सहित काँग्रेसकी सरस्वती गुरुगं भन्दा अग्रस्थानमा छिन् । काँग्रेसकी सरस्वतीको ७७७५ मत छ । पोखरा उपमेयरको मतगणनामा शुरुवातीदेखि नै सरस्वतीलाई मञ्जुले पछिपार्दै लगेकी छिन् ।