राजनीति

ललीतपूरमा काँग्रेसका चीरिबाबु महर्जनले पुनः अग्रता जमाए, आत्तियो एमाले

ललीतपूर । ललीतपुरमा पनि नेपाली काँग्रेसका चीरिबाबु महर्जनले अग्रता लिएका छन् । एमालेका हरिकृष्ण ब्यञ्जनकारले बिहानैदेखि काँग्रेसका महर्जनलाई जितेपनि पछिल्लो गणना अनुसार ब्यन्जनकार महर्जनभन्दा ६२ मतले पछाडी परेका छन् ।

काँग्रेसका चीरिबाबु महर्जनको ३००२ मत देखिएको छ भने हरिकृष्ण ब्यञ्जनकारको २९६० मत छ । काठमाण्डौ र ललीलपूर उपमाहानगरपालीकामा काँग्रेसका उमेर्द्वारले उछिनेका छन् । मत गन्न अझै धेरै बाँकी हुनाले यसले नि जित्छ भन्न नसकिएपनि काँग्रेस र एमालेको कडा टक्कर हुने आँकलन भने गर्न सकिन्छ ।

त्यस्तै माओबादी केन्द्रका दिपेश महर्जनले ८०९ मत ल्याएर तेस्रो स्थान पक्का गरेका छन् । साझा पार्टीका तर्फबाट उमेर्द्वारी दिएका रमेश महर्जनले ७६६ मत ल्याएर चौथो स्थान कब्जा जमाएका छन् ।

उपेन्द्र यादब–बाबुराम भट्टराईको संयुक्त प्यानलबाट उठेका मदन महर्जनले २८ मत ल्याएका छन् ।