पु.समाचार

अहिलेसम्मको देशभरको मतगणनालाई काँग्रेसले अग्रतामा एमालेलाई पछार्यो, निरास काँग्रेस कार्यकर्ता एक्कासी हर्शीत

काठमाण्डौ । तीन प्रदेशका २१९ वटा स्थानीय तहको मतपरिणाम आउने क्रममा नेपाली काँग्रेसले सबैभन्दा अगाडी ७ स्थानमा जित हाँशिल गरेको छ । भने माओबादीकेन्द्र र एमालेले बराबरी अथवा ५/५ तहमा विजय हाँसिल गरेका छन् । स्वतन्त्र तर्फबाट एक स्थानमा जित हाँसिल भएको छ भने राप्रपा लगायतका अन्य दलहरुले खाता खोल्न सकेका छैनन् ।

नेपाली काँग्रेसलाई अग्रतामा समेत पछिपार्दै आएको एमालेलाई अन्तिम समयमा काँग्रेसले अग्रतामा समेत एमालेलाई छाडेको छ । २ सय १९ स्थानमा भोट गन्दा अन्तिम समयमा नेपाली काँग्रेसले ९० स्थानमा अग्रता कायम गरेको छ भने एमालेले ७९ स्थानमा र माओबादी केन्द्रले ४३ स्थानमा अग्रता कायम गरेको देखिएको छ । राप्रपा र संघीय समाजबादी–नयाँशक्तीले २ /२ स्थान कायम गरेका छन् ।

अन्यले ३ स्थानमा आफूलाई अगाडी देखाउन सफल भएका छन् । चार महानगर मध्यै भरतपूरमा प्रधानमन्त्री दाहाल पुत्री रेणु दाहाल अगाडी छिन् भने काठमाण्डौ, ललीतपूर र पोखरामा एमाले उमेर्द्वार अगाडी छन् । समग्र जोड्दा भने एमालेलाई काँग्रेसले धैरै पछाडी छाडेको छ ।

देश तथा विदेशमा बस्ने काँग्रेस कार्यकर्ताहरु आत्तिएर फेसबुकमा बिभिन्न प्रकारका स्टाटसहरु लेख्न थालेपनि मंगलबार खानाखानेबेलाको समाचार पढेपछि आराम भएको सामाजीक संजालहरुमा  बताउन थालेका छन् ।