राजनीति

भरतपूरको मतपरिणाम अन्तिम नतिजा यस्तो छ (अपडेट )

चितवन । भरतपूर माहानगरमा तेस्रो चरणको मतगणनाअनुसार दुई सय मतगणना गर्दा मेयरमा नेकपा एमालेका देवि ज्ञवालिले १०३ मत ल्याएका छन् भने माओबादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल पुत्री रेणु दाहालले ६८ मत ल्याएकी छिन् । हाम्रा भरतपूर प्रतिनिधि सुर्यप्रसाद अधिकारीका अनुसार माओबादी अध्यक्ष एबम् प्रधानमन्त्री पुष्पकमल दाहाल पुत्री रेणु दाहालले काँग्रेससंग सहकार्य भएपनि दोस्रो स्थान हाँसिल गरेकी छिन् ।

मेयरमा राप्रंपाको भने ७ मत र उपमेयरमा ६ मत देखिएको छ । भरतपुरमा काँग्रेस र माओबादी केन्द्रले तालमेल गर्दा काँग्रेसकी पार्वती शाहले ७८ मत ल्याएकी छिन् भने एमालेकका तर्फबाट उमेर्द्वार बनेकी दिब्या शर्माले ८६ मत पाएकी छिन् ।
हंसिया हतौडा र रुख चिन्ह दुबैमा भोट हालेर १३ मतपत्र बदर भएको जनाईएको छ ।
माओबादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले भरतपुरलाई प्राथमिकतामा राखेर छोरीलाई रणभूमिमा राखेकाले भरतपूरको मतदान रोमाञ्चक देखिएको छ ।